1 year ago
October 16, 2024
सरिता श्रेष्ठ, काठमाडौं
साफ वुमन्स च्याम्पियनसिपमा आयोजक नेपाल यो पटक पनि दाबेदार मध्ये एक टोली हो। दाबेदार हुँदाहुँदै पनि फाइनल खेल जित्न नसक्ने नेपाली टोलीको छवि बनेको। यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ। बिडम्बना पाँचै पटक फाइनलमा हारेको तितो अनुभव नेपालसँग छ।
त्यसो त ६ मध्ये ५ पटक फाइनलमा पुग्नु पनि चानचुने उपलब्धि होइन। यसले नेपाली महिला टोलीमा भरपुर क्षमता रहेको पुष्टि गर्छ। लगानी र प्राथमिकता दिने हो भने यो टोलीबाट आशा गर्न सकिन्छ। तर महिला राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) ले व्यवहारमा प्राथमिकतामा राखेको छैन।
यसको उदाहरण हो, घरेलु भुमिमा नै हुने साफ च्याम्पियनसिपको तयारी। मात्र दुई साताको प्रशिक्षणपछि नेपाली टोली दक्षिण एसियाली राष्ट्रबीच हुने सबै भन्दा ठूलो प्रतियोगिता खेल्न तयार हुनुपर्ने अवस्था छ। यस्तो तयारीमा नेपाली टोलीबाट बढी अपेक्षा गर्नु भनेको खेलाडीमाथि मानसिक दबाब बढाउनु पनि हो ।

साफ च्याम्पियनसिप सुरु हुने अघिल्लो दिन बुधवार आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले मात्र दुई साताको समय साफ तयारीको लागि अपुग रहेको बताए। उनले घरेलु लिगको कारण तयारी समय कम रहेकोले प्रशिक्षणमा राम्रो प्लान गर्न नसकेको,इन्डुरेन्समा र फिजिकल स्ट्रेन्थमा पनि केन्द्रित हुन समय नपुगेको जिकिर गरे।
साथै तामाङले दुई महत्वपूर्ण खेलाडी साबित्रा भण्डारी र रेखा पौडेल देश बाहिर विदेशी लिगमा व्यस्त रहेको कारण टिम कम्बिनेसनमा पनि काम गर्न नपाएको बताए। अन्तराष्ट्रिय एक्सपोजरका लागि एन्फालाई अनुरोध गरे पनि संभव हुन नसकेको बताए। बढी खेल खेल्यो भने मात्र त्यसबाट गल्ती औंलाउन सकिने भएपनि पछिल्लो समय महिला टोलीलाई एक्सपोजर नै नपुगेको तामाङको बुझाई छ।
तयारी परम्परागत नै छ। यो अवस्थामा ५ पटक फाइनलमा बेहोरेको हारलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा प्रशिक्षक तामाङले नेपालको विगतको हारको कारण कमजोर डिफेन्सलाई मानेका छन्।

तयारी सन्तोषजनक हुन नसक्दा घरेलु मैदानको फाइदा पनि नहुन सक्छ। तयारी र घरेलु लिगको अधिकांश खेल एस्ट्रो ट्रफमा खेल्दै आएको नेपाली टोलीले खेल भने दशरथ रंगशालाको घाँसे मैदानमा खेल्नुपर्नेछ। तर घरेलु टोलीले नै दशरथ रंगशालाको कन्डिसनमा भिज्ने मौका नै पाएको छैन। जसले गर्दा खेल्न केहि असहज हुने कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्। उनले कमी कमजोरीहरु सबै बिर्सेर उपाधि कै लागि खेल्ने बताएकी छिन्।
साफको ६ संस्करण सकिंदा मात्र दुई राष्ट्रले उपाधि जितेका छन्। भारतले ५ र बंगलादेशले १ पटक उपाधि उचालेको छ। यो पटक नेपाल सहित अन्य ५ राष्ट्रलाई पहिलो पटक उपाधि जित्ने अवसर छ। यो पटक नेपाल सहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ राष्ट्रको सहभागिता रहेको छ।

भोलि समूह ‘ए’को पहिलो खेलमा भारत र पाकिस्तानबीच खेल हुनेछ। त्यो समूहमा साविक विजेता बंगालादेश पनि छ। नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स समूह ‘बी’ मा छन् ।
नेपालले शुक्रवार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल कात्तिक १४ गते हुनेछ। च्याम्पियनसिपको सातौं संस्करणमध्ये नेपालले लगातार तेस्रो पटक आयोजनाको मौका पाएको छ।
नेपाली महिला फुटबल टोली
एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]