default_image

1 year ago

October 18, 2024

श्रीलंकालाई पहिलो हाफमा अग्रता

1356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

दशरथ रंगशालामा श्रीलंका १-० ले अगाडी छ । पहिलो हाफको अवधिभर माल्दिभ्समाथि आक्रमण बुनेको टोलीले अन्य अवसर भने सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर बढ्न दिएकी छैनन् ।

सातौं मिनेटमा श्रीलंकाले अग्रता लिने अवसर गुमायो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र प्राप्त बललाई थर्मिका सिवानेस्वरणले गोलमा परिणत गर्न सकिनन् । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा उनले हतारमा गरेको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

१८ औं मिनेटमा श्रीलंकाले इमेशा वार्नाकलासुरियाको गोलमा अग्रता लियो । दायाँ विंगबाट प्रविना परेराले दिवको क्रसमा गोलरक्षक अमिनाथ लिजा आउन ढिला गर्दा इमेशाले बललाई हेडरमार्फतपोस्टको दिशा दिइन् ।

३३ औं मिनेटमा इमेशालाई गोलरक्षक अमिनाथले लगातार दुई पटक विफल पारिन् । इमेशाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक अमिनाथले फर्काएपछि रिबाउन्ड पुन: इमेशाले नै प्रहार गरिन् । दोस्रो प्रयासलाई भने अमिनाथले पोस्टमाथि पन्च गरिदिइन् । ३७ औं मिनेटमा थर्मिकाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई अमिनाथले मुस्किलले पन्च गर्दै बाहिर पठाइन् ।

आज समूह बी को अर्को खेलमा साँझ ५:३० बजे नेपाल र भुटान खेल्नेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.