default_image

1 year ago

October 20, 2024

रियल र बार्सा समान अंकमा

974 views

0 Bookmark

एजेन्सी – रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियलले आइतवार बिहान सेल्टा डि भिगोलाई हराउँदै शीर्ष स्थानको बार्सीलोनासँग समान २४ बनाएको हो ।

दशौं खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले सेल्टा डि भिगोलाई २-१ ले पराजित गर्यो । सेल्टा डि भिगोको घरेलु मैदानमा रियलको जितमा केलियन एम्बाप्पे र भेनिसियस जुनियरले गोल गरे । घरेलु टोलीका लागि विलियोट स्वेडबर्गले गोल गरे ।

एम्बाप्पेले २०औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । खेलको ५१औं मिनेटमा सेल्टाका स्वेडबर्गले बराबरी गोल फर्काए । रियलका लागि ६६औं मिनेटमा जुनियरले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

रियल १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना २४ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाको अर्को खेल सोमवार बिहान सेभिल्लासँग रहेको छ । सेल्टा १० खेलमा ५ अंकका साथ दशौं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.