1 year ago
October 20, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाइटेडले शनिवार ब्रेन्टफर्डलाई २-१ ले हरायो ।
शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफर्डले लियो । पहिलो हाफको इन्ज्युरी समयमा पिनोकको गोलमा ब्रेन्टफर्डले अग्रता लिएको हो । दोस्रो हाफको दोस्रो मिनेट मै गार्नाचोले युनाइटेडका लागि बराबरी गोल गरे । होएलन्डले ६२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
८ खेलमा ११ अंक जोडेको युनाइटेड १०औं स्थानमा छ । ब्रेन्टफोर्ड समान खेलबाट १० अंकका साथ १३औं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]