9 years ago
February 12, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आइतबार झापा ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता जितेको झापाले गत साता आफ्नै आयोजनामा भएको रमपम झापा गोल्डकपको फाइनल खेलेको थियो । फाइनलमा टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय लिग खेल्ने ४ मध्येको एक झापा मोसफलकै बलियो टोली मानिन्छ ।

आजको नतिजासँगै थारुहट रंगशालामा जारी उदयपुर गोल्डकपको सेमिफाइनल समिकरण पुरा हुनेछ । दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा, हिमालयन शेर्पा र मोरङयसअघि नै उदयपुर गोल्डकपको अन्तिम चारमा पुगिसकेको छन् ।
आइतबारको विजेताले हिमालयन शेर्पाको सामना गर्नेछ । अर्को सेमिफाइनल संकटा र मोरङबीच हुनेछ । उदयपुर जिल्ला फुटबल संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]