default_image

1 year ago

October 20, 2024

साविक विजेता बंगलादेशविरुद्ध पाकिस्तानलाई अग्रता

1652 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेशविरुद्ध अग्रता लिएको छ ।

पहिलो हाफको खेल सकिँदा पाकिस्तान १-० ले अघि छ । खेलमा बंगलादेशले बढी आक्रमण बुनेपनि पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लिएको हो ।

२१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो । २४ औं मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन् । सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन् ।

३२ औं मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो । रमीन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा शिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन् ।

४२ औं मिनेटमा बंगलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भएपनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो ।

पहिलो खेलमा पाकिस्तान भारतसँग ५-२ ले पराजित भएको थियो । समूहको अन्तिम खेल भारत र बंगलादेशबीच बुधबार हुनेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.