1 year ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेशविरुद्ध अग्रता लिएको छ ।
पहिलो हाफको खेल सकिँदा पाकिस्तान १-० ले अघि छ । खेलमा बंगलादेशले बढी आक्रमण बुनेपनि पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लिएको हो ।
२१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो । २४ औं मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन् । सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन् ।
३२ औं मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो । रमीन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा शिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन् ।
४२ औं मिनेटमा बंगलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भएपनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो ।
पहिलो खेलमा पाकिस्तान भारतसँग ५-२ ले पराजित भएको थियो । समूहको अन्तिम खेल भारत र बंगलादेशबीच बुधबार हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]