default_image

1 year ago

October 21, 2024

भुटानले श्रीलंकालाई हरायो

3249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो जित दर्ता गर्ने क्रममा श्रीलंकालाई हराएको छ ।

दशरथ रंगशालामा भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको हो । पहिलो हाफको सुरुवातमै भुटानले अग्रता लिएपनि श्रीलंकाले लगत्तै गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पहिलो हाफमै अग्रता बनायो । दोस्रो हाफमा कप्तान पेमाको दुइ उत्कृष्ट असिस्टमा भुटानले फराकिलो जित पक्का गर्यो ।

यस जितसँगै भुटान २ खेलमा ४ अंक जोडेर समूहको शीर्षस्थानमा उक्लिएको छ । श्रीलंकाको २ खेलमा ३ अंक छ भने नेपालको १ खेलमा १ अंक छ । माल्दिभ्स १ खेलमा विना कुनै अंक पुछारमा छ ।

पहिलो हाफको सातौं मिनेटमा नामग्याल डेमाको क्रसमा डेकी ल्जोहामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन् । बायाँ विंगबाट नामग्यालले दिएको लो क्रसमा पेनाल्टी क्षेत्रभित्र रहेका डिफेन्डर बिट हुँदा फार पोस्टमा अनमार्क रहेकी डेकीले सहजै गोल गरेकी हुन् ।

खेलको २३ औं मिनेटमा कप्तान मधुशिकाको गोलमा श्रीलंका खेलमा फर्कियो । भुटानकी डेकी याङदोनलाई लाग्दै रिबाउण्ड आएको बललाई उनले शक्तिशाली प्रहार गर्दै गोलरक्षक संगीता मोंगरलाई बिट गरेकी थिइन् ।

३२ औं मिनेटमा भुटानले दोर्जीको गोलमा पुन: अग्रता लियो । नामग्यालको फ्रिकिक प्रहार ६ यार्ड बक्सभित्र क्लियर हुन नसक्दा दोर्जीले गरेको प्रहारमा गोलरक्षक वीरसिंघे बिट भइन् ।

५४ औं मिनेटमा भुटानको अग्रता बढाउने प्रयासमा प्रविना परेराको गोललाइन क्लियरेन्स बाधक बन्यो । डेकी ल्हाजोमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पोजिसनमा नरहेपनि परेराले हेडर गर्दै गोलको खतरा टारिन् ।

७६ औं मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३-१ को अग्रता दिलाइन् । कप्तान पेमाले डिफेन्स लाइनलाई झुक्याएर दिएको पासलाई डेकीले पहिलो टचमै फिनिस गरिन् । लगत्तै पेमाकै पासमा भुटानले अर्को गोल थप्यो । यसपटक नामग्यालले पेमाको उत्कृष्ट पासलाई पेनाल्टी क्षेत्रभित्र रोक्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गरिन् ।

आज हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्सले साँझ ५:३० बजे खेल्नेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.