default_image

1 year ago

October 21, 2024

राष्ट्रिय पुरुष फुटबल टोली – ३६ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

2337 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि ३६ खेलाडी बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

सोमवार राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोली नोभेम्बर ११ देखि १९ को बीचमा मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ ।

एन्फाले सोमवार नै पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपानेलाई नियुक्त गरेको थियो । हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो । औपचारिक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षक प्रो लाइसेन्स प्राप्तले मात्र सम्हाल्न पाउँछन् । एन्फाले गत वर्ष न्यौपाने एन्फा हेड अफ एकेडेमी नियुक्त गरेको थियो।

प्रारम्भिक नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान, अनन्त तामाङ, छिरिङ लामा, सेमान्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दीप पौडेल, अन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई, गिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.