default_image

1 year ago

October 21, 2024

भेट्रान्स फुटबलमा चितवनको जित

398 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा सोमवार चितवन भेट्रान्स टिम, बानेश्वर फ्रेण्ड्ससिप र फ्रिडम फाइटर विजयी भएका छन् ।

थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको पहिलो खेलमा चितवनले हिमालयन शेर्पा भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित सकिए पछि खेल ट्राइब्रेकरमा पुगेको हो । चितवनका गोलकिपर शंकर महर्जन प्लेयर अफ दी म्याच घोषित भए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले पुरस्कृत गरे ।

दोश्रो खेलमा बानेश्वर फ्रेण्डसिपले महावीर क्लबलाई ४–० गोलले पराजित गर्यो । बानेश्वरका हरिहर थापाले ह्याट्रिक र दिपेन्द्र चौधरीले अर्को गोल गरे । बानेश्वरका हरिहर थापा प्लेयर अफ दी म्याच घोषित भए र उनलाई राष्ट्रिय फुटसल टोलीका पूर्व प्रमुख प्रशिक्षक गौरव वस्नेतले पुरस्कृत गरे ।

तेश्रो तथा अन्तिम खेलमा कृष्ण शाक्यको ४ गोलको मद्दतमा फ्रिडम फाइटरले संयुक्त अनुभवी क्लबलाई ६–१ ले पराजित गर्यो । कृष्णबाहेक फ्रिडमका लागि दिपक लामा र कृष्ण मालाकारले समान १ गोल गरे । संयुक्त अनुभवीका रुद्रबहादुर खड्काले गोल गरे । फ्रिडमका कृष्ण शाक्य प्लेयर अफ दी म्याच घोषित भएर उनलाई पि सुजका निर्देशक सागर मणी कोइरालाले पुरस्कृत गरे ।

प्रतियोगितामा मंगलवार पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र धरान सिटी, दोश्रो खेल फाप्ला स्पोर्टस क्लब, धनगढी र किंकम स्पोर्टस क्लब तथा तेश्रो तथा अन्तिम खेल एनआरटी र बगर भाई खलक, पोखराबीच हुने आयोजकले जनाएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.