1 year ago
October 24, 2024
एजेन्सी – राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित हात पारेको छ ।
लगातार दोस्रो जित हात पार्ने क्रममा बार्सिलोनाले बुधवार बायर्नलाई ४–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पाहुना टोलीका लागि ह्यारी केनले १ गोल फर्काए ।
खेलको पहिलो मिनेटमै गोल गर्दै राफिन्हाले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा फर्काए ।
२७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोनाले फेरी अग्रता लिन सफल भयो । खेलको ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।
५६औं मिनेटमा गोल गर्दै राफिन्हाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनलाई ४-१ को सहज जित दिलाए ।
लगातार दोस्रो जितसँगै बार्सिलोना ३ खेलबाट ६ अंकका साथ १०औं स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको बायर्न समान खेलमा ३ अंकसहित २३औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]