1 year ago
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी को अन्तिम खेल हुँदैछ ।
समूह ए बाट बंगलादेश समूह विजेता बन्दा भारत उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह बी को दुई खेलपछि सेमिफाइनल समिकरण प्रष्ट हुनेछ । नेपाल, भुटान र श्रीलंका तीनै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना छ । नेपाल र भुटानको ४-४ अंक तथा श्रीलंकाको ३ अंक छ ।
पहिलो खेलमा भुटान र माल्दिभ्सले दिउँसो १:३० बजे खेल्नेछन् । उक्त खेलमा भुटानले जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । समूह विजेता बन्न भने भुटानले अर्को खेलको नतिजा कुर्नुपर्ने छ ।
दोस्रो खेलमा नेपालले ५:३० बजे श्रीलंकाको सामना गर्नेछ । नेपाल पनि जितका साथ सेमिफाइनलमा जान चाहन्छ । श्रीलंका पनि जित दर्ता गरे सेमिफाइनल पुग्नेछ । समूह विजेता छिनोफानो गर्न भने भुटानको खेलको नतिजा पनि हेर्नुपर्ने छ ।
सेमिफाइनलका खेल आइतबार हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]