default_image

1 year ago

October 26, 2024

रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई

684 views

0 Bookmark

हिमाल खरेल,मेचीनगर
आयोजक रोलिङ क्लबले आठौं रोलिङ च्यालेन्ज कप
अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धुलाबारी नुमना माविको खेल मैदानमा शनिवार भएको फाइनलमा पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो ।

रोलिङले पेनाल्टी सुटआउटमा माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । त्यसअघि निर्धारण समय १-१ को बराबरी टुंगिएको थियो।

खेलको ४२ औं मिनेटमा रोलिङका लागि रोहण कार्कीले गोल गरे । ६६ औं मिनेटमा माने भञ्ज्याङका कप्तान सोनाम जङपोले बराबरी गोल गरे।

रोलिङका गोल किप्पर युवराज पुरी फाइनलको प्लेयर अफ दि म्याच चुनिए र ५ हजार रुपैयाँ पाए । रोलिङले उपाधिसहित ३ लाख र माने भञ्ज्याङले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

रोलिङका रोहण कार्की प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले १५ हजार रुपैयाँ पाए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र उत्कृष्ट प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए ।

प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.