1 year ago
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरे ।
खेलको सातौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली लिएको प्रहारमा गोलरक्षक संगिता मोंगर बलसम्म पुग्न सकिनन् ।
११ औं मिनेटमा ऋतुकै क्रसमा सागोरिकाको हेडरलाई भुटानकी दोर्जी इडोनले गोललाइनबाट हेडर क्लिअरेन्स गरिन् ।
१५ औं मिनेटमा तोहुराले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक मोंगर सहजै बिट भइन् । २५ औं मिनेटमा सविनाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । लगत्तै मोनिका चक्माको पासमा सविनाले फिनिस गर्दै बंगलादेशलाई ३-० ले अघि बढाइन् ।
३६ ओं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । पेनाल्टी क्षेत्र बाहिरबाट उनको फितलो प्रहारमा गोलरक्षक संगिता बिट भइन् । लगत्तै सविनाले पनि व्यक्तिगत दोस्रो गोल गरिन् । गोलरक्षक रुप्ना चक्माको गोलकिकमा दुवै सेन्टर डिफेन्डर झुक्किन पुग्दा सविनाले एक्लै बल बढाएर गोलरक्षक समेत छलाउँदै गोल गरिन् ।
४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल फर्काइन् । छिरिङ ल्हादेनको क्रसमा डेकीको प्रहार गोलरक्षक रुपनालाई लाग्दै गोल भयो ।

दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । भुटानले केही सकारात्मक मुभ बनाएपनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६-१ को अग्रता लियो ।
७२ औं मिनेटमा बंगलादेशले सातौं गोल थप्यो । सन्जिदा अख्तरको कर्नरमा शिउली अजिमले हेडरमार्फत गोल गरिन् ।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६:३० बजे नेपाल र भारतबीच हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]