default_image

1 year ago

October 27, 2024

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाली टोलीको पहिलो रोजाईमा १ परिवर्तन

4975 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको‌ छ।

श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्।

कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, रेखा पौडेल‌, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।

नेपाल‌ र भारतबीचको विजेताले बुधवार बंगालादेशसँग फाइनल खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ ले हराउँदै साविक विजेता बंगालादेश फाइनलमा पुगेको थियो।

नेपालका लागि भारत सधैं चुनौती
नेपालले भारतलाई साफ च्याम्पियनसिपमा एक पटक मात्र अघिल्लो संस्करणको सेमिफाइनल हराएको थियो। त्यसअघि नेपालले भारतसँगका सबै ४ पटकको फाइनल गुमाएको छ।

सन् २०१० बाट सुरु भएको च्याम्पियनसिपमा भारत गत संस्करणमा मात्र फाइनल नपुको हो । २०१६ मा बाहेक नेपालले पनि सबै फाइनल खेलेको अनुभव छ। संयोग यसपटक पनि नेपाल र भारत मध्ये एउटा टोलीले मात्र फाइनल खेल्नेछ ।

पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारतले बंगलादेशसँग भने खुलेर खेल्नेछ । त्यसकारण भारतले नेपाललाई सहज लिनेछैन। घरेलु दर्शक सामू उच्च प्रदर्शनका लागि नेपाली टोली प्रतिबद्ध रहनेछ।

भुटानसँग रोकिएको नेपालले त्यसपछि माल्दिभ्सलाई ११-० र श्रीलंकालाई चाहेकै ६-० ले हराएको थियो। भारतसँगको खेल नेपालका लागि वास्तविक परिक्षा हुनेछ।

सावित्रा भण्डारी ‘साम्बा’, रेखा पौडेल‌बाट उच्च नेपालले उपेक्षा राखेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छिन्।

गत संस्करण भारतलाई १-० ले हराउँदा गोल रश्मिकुमारी घिसिङ, सविता राना मगर, प्रिती राईबाट पनि नेपाली टोलीले उच्च प्रदर्शनको अपरक्षा राख्नेछ । पहिलो खेल घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको अभाव भने भारतविरुद्धको खेलमा हुन सक्दछ। यसअघिका भुटानबाहेको खेलमा नेपालले आक्रामकको सामना गर्नुपरेको छैन ।

आज भारतसँगको खेलमा कप्तान एंवम् गोलकिपर एन्जिला र रक्षापंक्तिले बलियो चुनौतीको सामना गर्नुपर्ने सम्भावना छ। पहिलो पटक च्याम्पियन बन्ने सम्भावना बढाउनका लागि नेपालले आज साँझ ६:३० बजे सुरु हुने खेलमा भारतलाई हराउनु विकल्प छैन।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.