default_image

1 year ago

October 27, 2024

भारतलाई हराउँदै नेपाल फाइनलमा

9038 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।

दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । नेपालले पुन: खेल सुरु गरेको केहीबेरमा खेलमा विवाद भयो र झन्डै १ घण्टा खेल रोकियो ।

खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।

भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।

भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुन: अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।

१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।

३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।

इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।

दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् । त्यसअघि उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।

रेखाले रातो कार्ड पाएलगत्तै दर्शकहरुले रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै बोतल फालेका थिए । खेल १३ मिनेट रोकिएपछि सुचारु हुन सकेको थियो ।

खेल सुचारु भएको केहीबेर पछि भारतले अग्रता लियो । संगिता बासफोरले उत्कृष्ट गोल गरिन् । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार भली टप कर्नरमा गोल गरिन् ।

भारतले गोल गरेपछि सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपालले गोल खाएपछि फटाफट बल चलाउने सुर गर्यो । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा नरहेका कारण रेफ्री चोकी ओमले सिठी बजाइन् । प्रिती राईले बल अघि बढाउँदै गोल पनि गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।

कारण नेपालले बल चलाउने बेलामा भारतीय अफिसियल पनि मैदानभित्र थिए । रेफ्रीले नेपालको गोल रद्द गर्दै भारतीय अफिसियललाई पहेंलो कार्ड दिइन् । नेपालले पनि असन्तुष्टि पोख्यो तर केहीबेरमा खेल सुचारु गर्न मान्यो । तर एक मिनेट नबित्दै दर्शकहरुले बोतल प्रहार गर्न थालेपछि खेल रोकियो । नेपालको बेन्चले पनि फोर्थ अफिसियलसँग असन्तुष्टि पोख्यो ।

खेल रोकिएपछि रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी पनि मैदानछेउ पुगे । दुवैले रेफ्रीसँग छलफल गरे । नेपालले गोल नदिए खेल नमान्ने बतायो । यता भारतले भने नेपालले बल चलाइसकेका कारण गोल रद्द नै हुनुपर्ने बतायो ।

लामो विश्रामपछि खेल सुरु भयो । खेल सुरु भएको केही मिनेटमै नेपालले गोल फर्कायो । प्रितीले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।

त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.