1 year ago
October 28, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा यस सिजनको आफ्नो अपराजित यात्रा नवौं खेलमा जारी राखेको छ ।
पिएसजीले सोमवार बिहान सम्पन्न खेलमा मार्सेलीविरुद्ध ३-० को सहज जित निकालेको छ ।
मार्सेलीको घरेलु मैदान भेलोड्रोम रंगशालामा भएको खेलमा पिएसजीलाई जित दिलाउन जोआओ नेभस र ब्रेडली बार्कोलाले गोल गरे । पीएसजीले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गर्यो ।
खेलको सातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले सुरुवाती अग्रता लिएको थियो । २०औं मिनेटमा एमिनली हारितले रातो कार्ड पाएर मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
खेलको २९औं मिनेटमा मार्सेलीका लियान्द्रो बलेर्डीबाट आत्मघाती गोल हुन पुग्दा पिएसजी २-० ले अगाडि बढ्यो । ४०औं मिनेटमा ब्रेडलीले पिएसजीका लागि तेस्रो गोल गरे । त्यसपछि कुनै टोलीबाट गोल हुननसक्दा पिएसजीले सिजनमा आफ्नो अपराजित यात्रा नवौं खेलसम्म लम्बायो ।
जितसँगै ९ खेलमा ७ जित र २ बराबरीका साथ २३ अंक जोड्दै पिएसजी शीर्ष स्थानमा छ । पराजित मार्सेली समान खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]