1 year ago
October 28, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा यस सिजनको आफ्नो अपराजित यात्रा नवौं खेलमा जारी राखेको छ ।
पिएसजीले सोमवार बिहान सम्पन्न खेलमा मार्सेलीविरुद्ध ३-० को सहज जित निकालेको छ ।
मार्सेलीको घरेलु मैदान भेलोड्रोम रंगशालामा भएको खेलमा पिएसजीलाई जित दिलाउन जोआओ नेभस र ब्रेडली बार्कोलाले गोल गरे । पीएसजीले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गर्यो ।
खेलको सातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले सुरुवाती अग्रता लिएको थियो । २०औं मिनेटमा एमिनली हारितले रातो कार्ड पाएर मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
खेलको २९औं मिनेटमा मार्सेलीका लियान्द्रो बलेर्डीबाट आत्मघाती गोल हुन पुग्दा पिएसजी २-० ले अगाडि बढ्यो । ४०औं मिनेटमा ब्रेडलीले पिएसजीका लागि तेस्रो गोल गरे । त्यसपछि कुनै टोलीबाट गोल हुननसक्दा पिएसजीले सिजनमा आफ्नो अपराजित यात्रा नवौं खेलसम्म लम्बायो ।
जितसँगै ९ खेलमा ७ जित र २ बराबरीका साथ २३ अंक जोड्दै पिएसजी शीर्ष स्थानमा छ । पराजित मार्सेली समान खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]