default_image

1 year ago

October 28, 2024

एन्फाद्वारा साफको फाइनलको टिकट विक्रीमा रोक

7337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को बुधवार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा (अखिल नेपाल फुटबल संघ) एन्फाले रोक लगाएको छ ।

एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ।

नेपाल र भारतबीच आइतवार भएको सेमिफाइनल खेलमा सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो।

माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्ससँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले अर्को सुचना जारी गर्ने बताएको छ ।

साथै यो सुचनालाई वेवास्ता गर्दै टिकट विक्री वितरण गरी कुनै समस्या आएमा एन्फा जवाफदेही नहुने पनि विज्ञप्तिमा स्पष्ट पारेको छ । एन्फाले प्रतियोगिता अगाडि माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्सलाई ८० लाख रुपैयाँमा टिकटको अधिकार उपलब्ध गराएको थियो ।

आज एन्फामा भएको छलफलमा टिकट बढी विक्री गरेको विषयमा माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्ससँग स्पष्टीकरण सोधिएको छ । मंगलवार बिहान १० बजेसम्म जवाफका लागि समय दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

रंगशालाको अवस्था र दर्शकको सुरक्षालाई मध्यनजर गरेर भिआइपीतर्फ १ हजार ५ सय र साधारणतर्फ ११ हजार टिकट विक्री गर्न एन्फाले निर्देशन दिएको थियो ।

तर सिट क्षमताभन्दा टिकट र पास बढी विक्री वितरण भएपछि दर्शक व्यवस्थापन गर्न कठिन भएको थियो । कतिपय दर्शकले टिकट काटेपनि खेल हेर्न पाएनन् । रंगशालामा क्षमता भन्दा बढी दर्शक भएकाले हिड्ने ठाउँ पनि थिएन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.