default_image

1 year ago

October 30, 2024

महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख

2023 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।

दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो।

नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।

काठमाडौं महानगरले यसअघि पारालिम्पककी रजत पदक विजेता पलेशा गोवर्धनलाई ५ लाख र काभा नेसन्स लिगमा रजत पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.