1 year ago
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने बताए ।
सोही अवसरमा खेलाडी प्रीति राईले अहिलेसम्म आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि व्यक्त गरिन्।
प्रीतिले खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको सुनाइन् ।
‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस् ’ उनले भनिन्, ‘ फाइनान्सियल सपोर्ट होस्, मेन्टल सपोर्ट होस्, तपाईंहरुले गरिदिनुभयो भने धेरै राम्रो हुन्छ।’
उनले थपिन् ,’ हामीहरु खेलुञ्जेलमात्रै राम्रो हुने हो । घाइते भएको अवस्थामा पनि अर्को समस्या भोग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली टोलीको बंगलादेशविरुद्धको फाइनलमा प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गरे । दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो।
तेन्जिङ नोर्गेले एकै पटकमा नभई आठौं पटकमा सर्वाेच्च शिखर सगरमाथा पुुग्न सफल भएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विजेता भइएन भन्दैमा दुःख नमानौं । यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुुपर्छ।’
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि बताए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको बताए । उनले विभिन्न ऐन, कानुनले गर्दा पनि घोषणा भएसकेका पुरस्कार र सम्मान रकम खेलाडीलाई समयमा दिन नसकिएको बताए।

राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्ने बिहीवार बिहानै फ्रान्स फर्केकी छिन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]