1 year ago
November 10, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । सिटी शनिवार ब्राइटनसँग २-१ ले पराजित भयो ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनको जितमा जोअआ पेड्रो र म्याट ओरलीले गोल गरे । सिटीको लागि भने एर्लिङ हालाण्डले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । सिटीका लागि हालाण्डले खेलको २३औं मिनेटमा गोल गरे ।
खेलको ७८औं मिनेटमा घरेलु टोलीका पेड्रोले बराबरी गोल फर्काए । ८३औं मिनेटमा ब्राइटनका लागि ओरलीले गोल गर्दै खेल आफ्नो पक्षमा पारे । सिटीको इपिएलमा दोस्रो र सबै प्रतियोगिता गरि लगातार चौथौ हार हो।
११ खेलमा १९ अंकका साथ ब्राइटन चौथो स्थानमा छ । समान खेलबाट दोस्रो स्थानमा रहको सिटीको २३ अंक छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]