1 year ago
November 10, 2024
दिल तामाङ, सिड्नी
कप्तान सुशान्त कुँवरको ह्याट्रिक सहयोगमा सेन्ट जर्ज नेप्लिज क्लबले २५औं संंस्करणको गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल शिल्डको उपाधि जितेको छ ।
सुरुवाती अग्रता लिएपनि १–३ ले पछि परेको स्थिति उल्ट्याएर सेन्ट जर्जले साविकको विजेता फेवा एफसीमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
अस्ट्रेलियाको सिड्नीस्थित नोरफोर्ड पार्क चेस्टर हिलमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलमा सेन्ट जर्जका कप्तान सुशान्त कुँवरले ह्याट्रिक पुरा गर्दा डार्विन श्रेष्ठले एक गोल गरे । फेवाका रविशंकर पासवान, हेमन्त थापा मगर र बिमलले गोल फर्काए ।
खेलमा सुरुवाती सेन्ट जर्जले १४औं मिनेटमा लिन सफल भयो । कप्तान सुशान्तको पासमा डार्विन श्रेष्ठले गोल गर्दै सेन्ट जर्जलाई १–० को अग्रता दिलाए । तर, सेन्ट जर्जको अग्रता लामो समय टिकेन ।
१८औं मिनेटमा फेवाका कप्तानी सम्हालिरहेका हेमन्त थापा मगरले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उत्तम गुरुङले फउल गरेपछि रेफ्री सपन बस्नेतले फेवालाई पेनाल्टी प्रदान गर्दा हेमन्त चुकेनन् ।
२६औं मिनेटमा रविले गोल गर्दै फेवालाई खेलमा २–१ को अग्रता दिलाए । उनले वन भर्सेस वानको स्थितिमा आफ्नो गतिलाई बढाएर एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै डि बक्स नजिकबाट गरेको प्रयासले विस्तारै जाली चुम्न पुग्यो ।
३७औंं मिनेटमा बिमलले गोल गरेपछि फेवाले पहिलो हाफमा ३–१ को आरामदायी अग्रता कायम गर्न सफल भयो । रवि पासवानको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै आएको बललाई बिमलले सहजै जाली चुमायो ।
४६औं मिनेटमा कप्तान सुशान कुँवरले गोल गर्दै खेललाई २–३ को स्थितिमा ल्याए । कर्नरबाट आएको बललाई रामकुमार कुमालले गरेको हेडर क्लियर हुन नसक्दा सुशानले वन टचमा सहज फिनिस गर्दै सेन्ट जर्जलाई खेलमा फर्काउने संकेत दिए ।
५६औं मिनेटमा कप्तान सुसान कुँवरले गोल गर्दै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । रामकुमार कुमालको क्रसमा अनमार्क रहेका सुशानले हेडरमार्फत सहजै गोल गरे ।
६४औं मिनेटमा कप्तान सुशान्त कुँवरले ह्याट्रिक पुरा गरेपछि सेन्ट जर्जले खेलमा ४–३ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल निस्कन नसक्दा सेन्ट जर्जले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
उपाधिसँगै सेन्ट जर्जले नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । दाेस्राे भएकाे फेवाले मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
सेन्ट जर्ज करिव ९ महिना चल्ने प्रिमियर लिग २०२३–२४ को समेत च्याम्पियन हो । सेन्ट जर्जसँगै फेवा र बेनी एफसीको पनि समान ११ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा सेन्ट जर्ज लिग च्याम्पियन बन्दा फेवा दोस्रो र बेनी तेस्रो स्थानमा रहन पुगेको थियो ।
गत सिजन जिएनसी प्रिमियर लिग र शिल्डको उपाधि फेवाले जितेको थियो । यसवर्ष फेवाले दोस्रोमा चित्त बुझाएको छ ।
जिएनसी प्रिमियर लिगमा शीर्ष चार टोलीले जिएनसी शिल्ड खेल्ने प्रावधान छ । शीर्षस्थानमा रहेको सेन्ट जर्जले दि राइजिङ गोर्खाज फुटबल क्लबलाई तथा फेवाले बेनी एफसीलाई पराजित गरी फाइनलमा भेट पक्का गरेको थियो ।
२५औं संंस्करणको जिएनसी शिल्डको समापनसँगै २६औं संस्करणको जिएनसी प्रिमियर लिग शुरु हुनेछ । नयाँ सिजन यसै नोभेम्वरको अन्त्यतिरबाट शुरु हुँदैछ । जिएनसी लिगमा मेजर, माइनर र भेट्रान गरी तीन लिग हुनेछ ।
फेवाका बिमल राना लिगको सर्वाेत्कृष्ट खेलाडी चुनिए । सेन्ट जर्जका सुशान्त कुँवर र रुप बहादुर लामा सर्वाधिक गोलकर्ता चुनिए । उनीहरुले लिगमा समान १६ गोल गरेका थिए । यस्तै सेन्ट जर्जकै मिलन गिरी उत्कृष्ट गोलरक्षक चुनिए ।
३५ वर्षमाथि म्याकार्थर नेप्लिज एफसीले पारा पार्क एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजत गर्दै उपाधि जितेको छ । जिएनसी लिगेसीतर्फ म्यारिकभिलले बरुडलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]