default_image

1 year ago

November 11, 2024

आर्सनललाई चेल्सीले रोक्यो

668 views

0 Bookmark

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ ।

लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो ।

ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

आर्सनल लिगका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । समान ११ खेलमा दुवै टोलीको समान १९ अंक छ। चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको २८ र म्यानचेस्टर सिटीको २३ अंक छ।

इपिएलमा आइतवारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–०, इपस्विच टाउनले टोटनहमलाई २–१ ले तथा न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ३–१ ले‌ पराजित गरेको छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.