1 year ago
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् ।
लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए।
७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज बन्यो।
इभान फर्गुसनको गोलमा आयरल्यान्डले फिनल्यान्डलाई १-० ले हरायो । इङ्ग्ल्यान्ड र ग्रिसको समान १२ अंक । आयरल्याण्डको ६ र फिनल्याण्ड अंक विहिन छ।
लिग बी समूह ३ मा इर्लिङ हालान्डको २ गोलमा नर्वेले स्लोभानियालाई ४-१ ले पराजित गर्यो । नर्वेका लागि सर्वाधिक गोल गर्ने हालान्डको ३५ गोल पुगेको छ।
सोही समूहको अर्को खेलमा अस्ट्रियाले काजकस्तानलाई २-० ले पराजित गर्यो। अस्ट्रिया र नर्वेको समान १० अंक, स्लोभेनियाको ७ र काजकस्तानको १ अंक छ।
लिग सी समूह ४ मा फारो आइसल्यान्डले अर्मेनिया तथा नर्थ मेसोडोनियाले लात्भियालाई समान १-० ले हरायो।
इटाली र फ्रान्स अन्तिम आठमा
इटाली र फ्रान्स अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्।

इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
फ्रान्स र इजरायलले गोलरहित बराबरी खेले। केलियन एम्बाप्पे विना खेलेको फ्रान्स बराबरीपछि पनि अघिल्लो चरण पुग्न सफल भयो।
लिग ए समूह २ को शीर्षस्थानमा रहेको इटालीको ५ खेलमा १३ र दोस्रो स्थानको फ्रान्सको १० अंक छ।
समान खेलमा बेल्जियमको ४ र इजरायलको १ अंक छ ।

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]