1 year ago
November 19, 2024
एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेको छ।
स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।
६५औं मिनेटमा जोस्को ग्भार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो। सोही समूहमा स्कटल्याण्डले पोल्याण्डलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]