1 year ago
November 19, 2024
एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।
लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो।
सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो ।
यसअघिनै क्वाटरफाइनल पुगिसकेको स्पेन ६ खेलमा १६ अंकसहित शीर्षस्थानमा, ८ अंकको डेनमार्क दोस्रो स्थानमा रह्यो ।

सर्बिया ६ अंक जोडेर तेस्रो स्थानमा र जितविहीन स्विट्जरल्यान्ड (२अंक) यसअघिनै घटुवा भइसकेको छ । स्विट्जरल्यान्ड दुई अंकका साथ पुछारमा छ ।
त्यस्तै लिग सी समूह ३ मा बुल्गेरिया र बेलारुसले १-१ तथा लक्जेम्बर्ग र नर्थन आयरल्यान्डले २–२ को बराबरी खेले ।
लिग सी समूह २ मा कोसोभोले लिथुवानियालाई १- ० र रोमानियाले साइप्रसलाई ४- १ ले पराजित गर्यो।
क्रोएसिया क्वाटरफाइनलमा
पोर्चुगलसँग १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेको छ।

स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।
६५औं मिनेटमा जोस्को ग्भार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो।
सोही समूहमा स्कटल्याण्डले पोल्याण्डलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]