1 year ago
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- मकवानपुरमा फूलको व्यवसाय गरिरहेकी ललिता घलानको एक मात्र सन्तान थिए, अनुपम।
उनले दुःखैमा छोरा हुर्काई रहेकी थिइन्। १३ वर्षको छोराको इच्छा फुटबल खेलाडी बन्ने थियो। छोरालाई एकेडेमी जान रोक्ने कोशिस पनि गरिन्। तर छोराको इच्छा विपरित जान सकिनन्। वैकल्पिक खेलाडीको रूपमा उनलाई सिस्नेरीको एन्फा एकेडेमी पठाइन्।
छोराको खेलाडी बन्ने सपनामा आमा ललिताले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भरपुर विश्वास गरिन्। छोराले मासिक शुल्क तिर्न ढिला भएको पनि आमालाई भनेका थिए। घलानले स्कुललाई दशैंसम्म पैसा तिर्छु भनेकी पनि थिइन्।
तर छोरालाई एन्फा एकेडेमी पठाउने निर्णय आमाको जिन्दगीको सबैभन्दा गलत निर्णय बन्न पुग्यो। जब असोज ११ र १२ गरे निरन्तरको वर्षाको कारण एकेडेमीबाट अन्यत्र सर्ने क्रममा बाटोमा ठिस्को खस्दा उनको छोरा अनुपमसहित ६ बालकले ज्यान गुमाए।
पुत्र वियोगको पिडासहित घलान र अन्य ४ बालकका अभिभावक न्यायका लागि संघिय राजधानी काठमाडौंमा भौंतारिरहेका छन्।
असोज १२ गते अकल्पनीय घटनाको शिकार ६ बालक भए। तर उनीहरूका अभिभावकले मन बुझाउन सकेका छैनन्। उनीहरू भन्छन, ‘प्राकृतिक विपति भएको भए सहन सकिन्थ्यो। तर यो एन्फाको चरम लापरबाही र स्कुलको कमजोर व्यवस्थापनको कारण घटेको दुर्घटना हो।’
उनीहरुले घटनाको २६औं दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यायको याचना गर्दै छानबिनको र दोषीलाई कारवाहीको माग गर्दे ज्ञापनपत्र बुझाए। मुख्य प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको ढोका पनि ढकढकाए। मानव अधिकार आयोगसम्म पुगे।
तर मंगलवार ५३औं दिनसम्म पनि कहिँ कतैबाट सुनुवाई नै भएन र आज मिडिया मार्फत अभिभावकहरूले न्यायको लागि अनुरोध गरेको बताए।
खराब मौसमको विषयमा कलेखानीले सूचना सबैलाई थियो। तर एन्फा पदाधिकारीहरू र एकेडेमी सन्चालनको जिम्मेवारी लिएको विद्यालय र व्यक्तिहरुले त्यो परस्थितिमा ४० जना बलाकलाई थुनेर राखेको आरोप परिवारले लगाएका छन्।
असोज १२ गते बिहान ६ बजेको आसपासमा नेतृत्व गर्ने कोहि नहुँदा कहाँ जाने र कुन बाटोबाट जाने सम्म स्पष्ट नभई ती बालकहरूलाई निकालेको कारण यो घटना घटेको दाबी अभिभावकको छ। त्यसैले आफूहरु छोराको आत्माको शान्तिका लागि न्याय खोजिरहेका हुन्।
उनीहरूको एक सुत्रिय माग छ, ‘क्षतिपूर्ति होइन उचित न्याय र दोषीलाई कारबाही होस्।’
सिस्नेरीमा पहिरो गएर खेलाडीले ज्यान गुमाउँदा एन्फा भित्र पनि पहिरो जान पर्ने हो। तर यसलाई एन्फाले अत्यन्त सहज रूपमा लियो। पिडित अभिभावकका अनुसार एन्फाले घटनाको जानकारी सम्म समयमा दिएन।
सिधै फोन गरेर शव जिम्मा लिन बोलायो। शव लिन समेत ३ दिन लागेको र यसपछि एन्फाले सिधै ८ लाखको चेक बुझ्न भन्यो। यसबाहेक कुनै पनि चासो एन्फाले नदेखाएको उनीहरूले आरोप लगाएका छन्। आफ्नो बच्चा ८ लाखको चेक नभएको भन्दै पैसा नलिने उनीहरूले स्पष्ट पारेका छन्।
मृतक विकलकी आमा निजगढ निवासी कमला रेग्मीले दाउरा बेचेर आफूले छोरालाई हुर्काएको भन्दै एन्फाको लापरवाही भएर बच्चाहरुको मृत्यु भएकोले न्याय पाउनु पर्ने माग गरिन् । ‘आजसम्म पनि एन्फाले केहि गरेको छैन। एन्फाले बनाएको छानबिन समिति हामीलाई स्वीकार्य छैन, उनको आक्रोश थियो,’ध्यानाकर्षण भएको छैन। ५३ दिन भयो। हामी पीडित हौं । न्याय चाहियो, क्षतिपूर्ति होइन।’
एन्फाले सदस्य विकासनारायण श्रेष्ठको संयोजकत्वमा टिका लामा र दामोदर भट्टराई रहेको ३ सदस्यीय समिति गठन गर्नुका साथै पिडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
साथै एकेडेमीमा खान, बस्न, पानी र सामन्य उपचारको अभावमा स साना बालकहरूले खेलाडी बन्छु भनेर गुजारा गरेको पनि उनीहरूले बताए। एकेडेमीमा छनोट भएपछि सामान्यतया अभिभावकहरूले शुल्क तिर्न पर्दैन। तर उनीहरूले निरन्तर पैसा पनि तिरिरहेको जानकारी दिए।
प्रियांशका बुवा टिका आचार्यले भने,’ अरुलाई भविष्यमा यस्तो नहोस् भन्नका लागि न्याय चाहियो। न्यायका लागि साथ दिनेलाई धन्यवाद। लापरवाहीका कारण बच्चाहरूको मृत्यु भएको हो । प्रधानमन्त्रीलाई आग्रह गर्छौं दोषीमाथि कारवाही होस् ।
न्याय नपाएसम्म लडिरहने , अन्सन र धर्ना दिन पनि पछि नपर्ने उनीहरुको भनाई छ। सिस्नेरीमा रहेको वात्सलय माविसँगको सहकार्यमा एन्फा एकेडेमी सञ्चालन गरेको हो। घटना पश्चात विद्यालय र एन्फा दुवै मौन छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]