1 year ago
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ यु २० महिला र यु १९ पुरुष च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको छ।
प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ। च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म हुनेछ।
नेपालले प्रीति राईको कप्तानीमा गत वर्ष पछिल्लो संस्करण खेलेको थियो। नेपाल फाइनलमा आयोजक बंगालादेशसँग पराजित भएको थियो।
यु १९ पुरुष च्याम्पियनसिप भारतमा आयोजना हुनेछ। च्याम्पियनसिपमा अर्को वर्ष कात्तिक १९ देखि २९ गते (२०२५ नोभेम्बर ५-१५) सम्म हुनेछ।
दुई पटकको विजेता नेपाल गत वर्ष घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको थियो।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]