1 year ago
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी ‘ डिभिजन लिग यही माघ १३ बाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारी तथा बी डिभिजन क्लबका पदाधिकारीहरु बीच बिहीवार भएको छलफलले बी डिभिजन लिग माघ १३ गतेबाट सुरु गर्ने निर्णय गरेको एन्फाले जनाएको छ।
एन्फाले मंसिर २१ गते सम्म क्लब दर्ता गर्न समय निर्धारण गरेको छ। मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप, मंसिर २५ र २६ गते क्लब लाइसेन्सेन्सिङ वर्कसप हुनेछ।
पुस १३ गते बी डिभिजन लिगको खेल तालिका सार्वजनिक हुनेछ भने लिग माघ १३ गते सुरु हुनेछ। बी डिभिजनका केहि खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।
बी डिभिजन लिग पछिल्लो पटक ३ वर्ष अघि भएको थियो। त्यति बेला चर्च ब्वाइज युनाइटेडले बी डिभिजन लिग जितेको थियो। डेढ वर्षअघि चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनिसकेको थियो भने बी डिभिजन लिग अझै हुन सकेको थिएन।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]