1 year ago
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले नेपाली सेनाको अधिकृत क्याडेट उतिर्ण गरेकी छिन् ।
बिहीवार नतिजा प्रकाशित भएसँगै सानै देखि आर्मी बन्ने आफ्नो सपना पूरा हुनेभएपछि अमिषा दंग छिन्।
‘ एक बर्षदेखि मैले तयारी गरिरहेको थिए। क्लास पनि लिएको थिए । फुटबल र क्याडेटको तयारी सँगसँगै अघि बढाए, ‘ उनले भनिन्, चरण चरणमा परीक्षा हुन्थ्यो। एकपछि अर्को पार गर्दै गए खुसी लागेको छ।’
३ वर्षअघि करारमा सेनाको त्रिभुवन आर्मी क्लबमा करार सम्झौता गरेकी अमिषाले उमेर पुगेपछि क्याडेटमा आवेदन दिएकी थिइन्।
उदयपुरको त्रियुगा नगरपालिकामा जन्मेकी अमिषा ४ वर्षको उमेरमा नै काठमाडौं आएकी थिइन् । हाल कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा हजुर बा, हजुर आमा, आमा बुबा, दाजु र दिदीका साथ बस्दै आएकी छिन् । सैनिक स्कुल भक्तपुरमा ७ देखि १० सम्मको अध्ययन गरेकी उनले एनएमसीबाट प्लस टु गरेकी हुन्।
क्याडेडकै तयारीका दौरान उनले वाफ च्याम्पियनसिप, एपिएफबाट एएफसी च्याम्पियनसलिग, साफ च्याम्पियनसिप खेलेकी थिइन्।
‘यही तयारीले गर्दा साउदी अरबको वाफमा एक्लै ट्राभल गरेको थिए, उनले भनिन्, यहि बीचमा लिग पनि थियो ।परिवारको एकदमै नै सपोर्ट भयो । अहिले नजिता पनि राम्रो आयो ।’
समय व्यवस्थापन र धर्यताले सफलता दिलाउने अनुभव उनको छ । ‘ क्याडेटका लागि एउटा पछि अर्को चरणको तयारी गर्नुपर्ने हुन्थ्यो, फुटबलको प्रशिक्षण पनि गर्नै पर्यो, उनले थपिन्, धर्यता र मिहिनेत एकदमै आवश्यक रहेछ।’

आर्मीबाट फुटबल खेल्ने भएकाले त्यसको महसुस भने पहिला बाटै गर्न पाएको उनले सुनाई । सेनामा भर्ती भइसकेका साथीहरुसँगै लाइनमा बसेर सलाम गर्दा आफूलाई पनि त्यसै फिल हुन्थ्यो, उनले हास्दै भनिन्, अब त पूरै सेना भइन्छ।’
उनको एउटा अर्को सपना भने यो पटक पूरा हुन सकेन । गत महिना दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग २-१ ले पराजित भएको थियो। नेपालका लागि अमिषाले नै गोल गरेकी थिइन्।
महिला लिगको अन्तिम चरणको तयारीका क्रममा आर्मी टोलीसँग प्रशिक्षण गररहेकी उनले थपिन् ‘साफ च्याम्पियन्सिप जित्ने सपना भने पूरा भएन।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]