1 year ago
November 27, 2024
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्।
बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो ।
५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो।
बायर्न म्युनिख ५ खेलमा ९ अंक सहित ११औं स्थानमा उक्लिएको छ । पिएसजीको ५ खेलमा ४ अंक छ र टोली २६औं स्थानमा छ।

अर्को खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली, काई हाभेर्ट्ज, गाब्रियल माघालास, बुकायो साका र लियान्द्रो ट्रोसार्डले गोल गरे । स्पोर्टिङका गोन्सालो एनासियोले गोल फर्काए ।
खेलको सातौं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २२औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्जुरी समयमा गोल माघालासले गोल गरेपछि पहिलो हाफमा आर्सनल ३-० ले अगाडि रह्यो।
४७औं मिनेटमा इनासियोले गोल गर्दै खेलमा फर्काउन प्रयास गरे । ६५औं मिनेटमा पेनाल्टीमार्फत साकाले गोल गर्दै आर्सनलको अग्रता पुनः बढाए । ८२औं मिनेटमा ट्रोसार्डले गोल गर्दै जितअन्तरलाई बढाए ।
आर्सनल र स्पोर्टिङ समान ५ खेलमा १० अंकका सात क्रमशः सातौं र आठौं स्थानमा छन् ।

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]