1 year ago
December 2, 2024
एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीलाई घटाएको छ।
रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम र
केलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो ।
घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमै २-० ले अघि बढेको हो।
१४ खेलमा रियलको ३३ अंक पुगेको छ। शनिवार पराजित भएको बार्सिलोनाको १५ खेलमा ३४ अंक छ।
आइतबारका अन्य खेलमा एट्लेटिको म्याड्रिडले भालाडोलिडलाई ५-० ले, एथलेटिको बिलबाओले रायो भालेसानोलाई २-१ र रियल सोसिडाडले रियल बेटिसलाई २–० ले हरायो ।
भिल्लारियल र जिरोनाले भने २–२ को बराबरी खेले । एट्लेटिको ३२ अंकसहित तेस्रो स्थानमा छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]