default_image

1 year ago

December 2, 2024

लिभरपुल शीर्षस्थानमा थप मजबुत

497 views

0 Bookmark

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा थप‌ मजबुत बन्दै गएको छ।

लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिगमा थप बलियो बनेको हो। लिभरपुललाई‌ जित दिलाउन कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे।

१२औं मिनेटमा गाक्पोको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सलाहका लुइस डियाजलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो । सलाहले गोल‌ गर्दै टोलीको‌ जित निश्चित गरे।

१३ खेलमा  लिभरपुलको ३४ अंक पुगेको छ। सिटी २३ अंकका साथ पाँचौं स्थानमा छ। दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको चेल्सीको समान २५ अंक छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.