1 year ago
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ ।
समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने १८ नोभेम्बरमा खेल्नेछ।
त्यस्तै जुन १० र सन् २०२६ को मार्च ३१ मा लाओससँग नेपालले खेल्ने तालिका छ। नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ।
यो छनोटमा कुल २४ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समुहका विजेता सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको लागि छनोट हुनेछन्।
नेपाली फुटबल टोली मुख्य प्रशिक्षक विहिन छ। यसअघिको मैत्रीपूर्ण खेल नेपालले नवीन न्यौपानेको प्रशिक्षणमा खेलेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्दछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]