1 year ago
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् ।
रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानको
लिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो।
१० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो हाफ इन्ज्युरी समयमा केटेलाराले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए।
भिनिसियस जुनियर ५६ औं मिनेटमा गोल गर्दै रियललाई पुनः अग्रता दिलाए। जुड बेलिङ्ङ्घमले ५९ औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारे । एट्लान्टका लुकमनले ६५ औं मिनेटमा गोल फर्काए पनि टोलीको हार टरेन ।
मोहम्मद सालहले ६३ औं मिनेटमा गरेको पेनाल्टी गोलमा लिभरपुलले जितलाई निरन्तरता दियो ।
अन्य खेलमा एस्टन भिल्लाले आरबी लेइपजिङ्गलाई ३-२ ले, पेरिस सेन्ट जर्मेनले साल्स बर्गलाई ३-० ले, क्लब बर्गले स्पोर्टिङ सिपीलाई २-१ ले हराएको छ।
बार्यन लिभरकुसेनले इन्टर मिलानलाई र ब्रेस्टले पिएसभीलाई समान १-० ले हरायो । जेएनके डाइनोमो र सेल्टिकले गोलरहित बराबरी खेले।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]