12 months ago
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् ।
रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानको
लिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो।
१० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो हाफ इन्ज्युरी समयमा केटेलाराले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए।
भिनिसियस जुनियर ५६ औं मिनेटमा गोल गर्दै रियललाई पुनः अग्रता दिलाए। जुड बेलिङ्ङ्घमले ५९ औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारे । एट्लान्टका लुकमनले ६५ औं मिनेटमा गोल फर्काए पनि टोलीको हार टरेन ।
मोहम्मद सालहले ६३ औं मिनेटमा गरेको पेनाल्टी गोलमा लिभरपुलले जितलाई निरन्तरता दियो ।
अन्य खेलमा एस्टन भिल्लाले आरबी लेइपजिङ्गलाई ३-२ ले, पेरिस सेन्ट जर्मेनले साल्स बर्गलाई ३-० ले, क्लब बर्गले स्पोर्टिङ सिपीलाई २-१ ले हराएको छ।
बार्यन लिभरकुसेनले इन्टर मिलानलाई र ब्रेस्टले पिएसभीलाई समान १-० ले हरायो । जेएनके डाइनोमो र सेल्टिकले गोलरहित बराबरी खेले।

December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]