1 year ago
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो।
दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो ।
डर्टमन्ड सेहु गिरासीले ६० औं पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । ७५औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अघि बढाए ।
७८औं मिनेटमा गिरासीले दोस्रो पटक बराबरी गोल गरे।८५औं मिनेटमा टोरौसले अर्को गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।
बार्सिलोनाको ६ खेलबाट १५ अंक छ । डर्टमन्ड १२ अंकका साथ नवौं स्थानमा छ । १८ अंकसहित लिभरपुल शीर्षस्थानमा छ।
अर्को खेलमा आर्सनलले एएस मोनाकोलाई ३-० गोल हराएको छ । साकाले २ तथा काई ह्यावर्टजले १ गोल गरे । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ।
च्याम्पियन्स लिगमा ११ अंकसहित युभेन्ट्स १४ औं स्थान र ८ अंकका साथ सिटी २२ औं स्थानमा छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]