12 months ago
December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो ।
सोनाम छोगेलले २५ औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि भुटानका लागि कप्तान छिरिङ ल्हामोले ३५ र ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ३-० ले अघि बढाइन् ।
६६ औं मिनेटमा गोलरक्षक झरना डुम्राकोटीले बल समात्न नसक्दा छोगेलले व्यक्तिगत दोस्रो गोल गरिन् । ८४ औं मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गर्दै भुटानलाई ५-० ले अघि बढाइन् । नेपालका लागि सविना तामाङले ८७ औं मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।

एन्फाले महिलाको यू१६ र यू१९ टोलीको मैत्रीपूर्ण खेल आयोजना गर्दैछ । नेपाल र भुटानका यू१९ टोलीले आइतबार खेल्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]