default_image

12 months ago

December 21, 2024

फाल्गुनन्द गोल्डकप – उद्घाटनमा आयोजक र खर्साङ खेल्दै

608 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करण आज सुरु हुँदैछ ।

६ वर्ष पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल फिदिम माविकाे मैदानमा दिउँसाे १ बजेबाट सुरु हुने छ ।

१० टोलीले सभागिता रहेको प्रतियोगितामा आइतवार मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच हुनेछ। त्रिभुवन आर्मी एफसी र झापाको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा छन् ।

पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।

पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैँया पाँउनेछ ।

२०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ। प्रतियोगितामा झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १० हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.