default_image

12 months ago

December 21, 2024

आयोजक फिदिमको विजयी सुरुवात

508 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर
आयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ।

निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी‌ मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र निरोज लिङदेनले गोल गरे ।

टाइब्रेकरमा खर्साङका आकाश प्रधान, बिशाल भण्डारी र प्रशान्त क्षेत्रीले गोल गरे। छोङदेल लामाको प्रहार फिदिमका गोल रक्षक मिराक खजुमले राोके । फिदिमका गोलकिपर मिराक प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैँया पाँउनेछ ।

२०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ। प्रतियोगितामा झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १० हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


आइतबारको खेल
मच्छिन्द्र फुटबल क्लब बिरुद्ध झापा ११

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.