default_image

9 years ago

February 19, 2017

बंगलादेशमा मनाङको विजयी सुरुवात

93 views

0 Bookmark

चितगोङ (हाम्रो खेलकुद) –  बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई दुई गोलले हराउदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

manang

ओलावाले आफिज र बिशाल राइको गोलमा मनाङले प्रतियोगिताको दोस्रो दिन जित हासिल गरेको हो । पहिलो हाफमा गोल गर्ने मौका गुमाएपनी खेलमा अग्रता भने मनाङले लिएको थियो । दोस्रो हाफमा रोहितले सुरु गरेको काउन्टर एट्याकमा रोहितको राम्रो पासलाई सदुपयोग गर्दै करिब २५ यार्डबाट मोहमडनका किपरमाथी बाट चिप गर्दै आफिजले मनाङलाई अग्रता दिलाएका थिए ।

afeez

५३ औ मिनेटमा १ गोल ले पछी परे पछी मोहमोदेनले खेलमा फर्किन थुप्रै प्रयासहरु गरे पनि गोल गर्न भने सकेन । पहिले गोल गरेका आफिजले बिशाल राइलाई मिड्फिल्डबाट दाँया तर्फबाट सेट गरेको बललाई सदुपयोग गर्दै बिशलले ८७ मिनेटमा मनाङको अग्रता दोब्बर गर्दै मनाङको जित सुनिस्चिन गरे ।

खेलमा १ गोल गर्दै अर्को गोलमा योगदान दिएका नाइजेरियाका स्ट्राइकर ओलावाले ओलाडिपो आफिज ‘म्यान अफ द म्याच’ भए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.