12 months ago
December 22, 2024
दिपक बोहोरा, पाँचथर
ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो ।
मच्छिन्द्रका विजु खवासले २ तथा देवेन्द्र तामाङ, उत्सव राई र सौरभ लिम्बुले समान १ गोल गरेका थिए ।

देवेन्द्रको गोलमा मच्छिन्द्रले १० औं मिनेटमा अग्रता लियो। उत्सवले ३० औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । झापाका गोलकिपर सन्दिप लिम्बुले नियन्त्रण लिन नसकेको बललाई उत्सवले गोलमा परिणत गरेका हुन्।
पहिलो हाफको इन्ज्युरी समयमा विजुले गोल गरेपछि मच्छिन्द्रले पहिलो हाफमा ३-० को अग्रता बनायो। राष्ट्रिय टोलीका सदस्य सनिस श्रेष्ठको कर्नरमा कसैको निगरानीमा नरहेका विजु गोल गर्न सफल भएका हुन्।
खेलको ७९ औं मिनेटमा सौरभले वान भर्सेन वानमा गोल गरे। ९० औं मिनेटमा झापाका गोलकिपर र डिफेन्डरहरुको तालमेल नमिलेको फाइदा उठाउँदै विजुले अर्को गोल गरे।

मच्छिन्द्रले थप गोलको अवसर सृजना गरेको थियो ।झापाका पाएको थोरै मौकाको सदुपयोग गर्न सकेन ।
मच्छिन्द्रका विजु भुजेल प्लेयर अफ दी म्याच घोषित र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा सोमवार आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]