12 months ago
December 23, 2024
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो ।
टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे।
टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे ।
लिभरपुलको १६ खेलबाट ३९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ ।
चेल्सीले आइतवार एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। टोटेनहम २३ अंकका साथ ११ औं स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]