default_image

12 months ago

December 23, 2024

एट्लेटिको माथि दबाब बढाउँदै रियल

1545 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ।

केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।
एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए ।

इसाक रोमेरोले ३५ औं मिनेटमा सेभिल्लाका लागि गोल गरे। ब्राहम डेयजले ५३ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता थप फराकिलो बनायो। खेल सकिन ५ मिनेट बाँकीमा डोबी लुकेबाकियो पोस्ट नजिकबाट गोल गरे।

सेभिल्लाका कप्तान जिसस नाभासले खेल जीवनको अन्तिम खेल खेले । उनले क्लबसँगको २० वर्षे यात्रा भावुकताका साथ अन्त्य गरे। चोटका कारण उनी सिजनको मध्यमा सन्न्यास लिने अवस्थामा पुगे ।

१८ खेलमा रियलको ४० अंक पुगेको छ । शीर्ष स्थानको एट्लेटिकोको ४१ अंक छ। एक खेल बढी खेलेको तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ। २२ अंकसहित सेभिल्ला १४ औं स्थानमा छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.