12 months ago
December 23, 2024
दिपक बोहोरा,पाँचथर
त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ ।
फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले विजयी भएको हो ।
निर्धारित ९० मिनेट सम्म गोलरहित बराबरीमा खेल टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। टाइब्रेकरमा फिदिमका गोलकिपर मिराक खजुम नायक बने ।
टाइब्रेकरमा फिदिमको तर्फबाट आशिष चापागाई,विशाल दर्जी, राम वाजी र नीरोज लिङदेनले गोल गरे । फिदिमका शुक्रराज राईको प्रहार आर्मीका गोल रक्षक नवीन परियारले रोके ।
आर्मीको लागि निरजकुमार घिसिङ र सन्तोष केसीले मात्र गोल गरे । सुजित शाहि र सिद्धान्त चौधरीको प्रहार फिदिमका गोलकिपर म खजुमले रोके ।
आर्मी मंसिरमा इलाम गोल्डकपमा पनि पहिलो खेलमै पराजित भएको थियो । फिदिमले आर्मीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो। आर्मी सुरुदेखि अन्तिमसम्मै रक्षात्मक खेल्यो।
खेलको २२ औं मिनेटमै फिदिमका शुकराजले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार आर्मीका गोलकिपत नवीन बचाउ गरे। फिदिमले पहिलो हाफमा ४ सशक्त प्रहार गरेको भए पनि गोलमा परिणत हुन सकेन ।
३१ औं मिनेटमा फिदिमका दिनेश शेर्माले गोलको राम्रो अवसर गुमाएका थिए । आर्मीका खेलाडीको ट्याकलबाट ४० औं मिनेटमा फिदिमका डिफेन्डर प्रकाश धमलालाई घाइते भए। त्यसपछि उनलाई अस्पताल लानु परेको थियो ।
फिदिमका डिफेन्डर विशाल दर्जी प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैँया पाँउनेछ ।
२०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]