default_image

12 months ago

December 25, 2024

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकप सेमिफाइनलमा

994 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो।

चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी  फोफनाको नाममा रह्यो ।

समिरले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। समिरले ४३ औं मिनेटमा अर्को गोल गरे।
६२ औं मिनेटमा अर्मान्ड गोल गरे।

७३औं मिनेटमा समिरले  गोल गर्दै ह्याट्रिक पूरा गरे। ७७ औ मिनेटमा फोफनाको क्रसमा अर्मान्डले दोस्रो गोल गरे।

विराटनगरका लागि सन्दिप राईले ८७ औं मिनेटमा गोल फर्काए। ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्मान्ड ह्याट्रिक पूरा गरे ।  इन्ज्युरी समयमा फोफनाले गोल गरे ।
ब्वाइज युनाइटेडका समिर प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

खेलाडी जम्मा गरेर टोली बनाएकोले सोचेजस्तो खेल्न बसकी पराजित भएको विराटनगरका प्रशिक्षक राज थापाले बताए । धेरै गोल भए पनि टोलीले सोचेअनुरुप खेल प्रर्दशन गर्न नसकेको  चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले बताए ।

चर्च ब्वाइजले फाइनल प्रवेशका लागि शुक्रवार आयोजक फिदिम स्पोर्टिङ सँग खेल्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल बिहीवार एनआरटी र सलहेश फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ र दोस्रो टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.