12 months ago
December 27, 2024
दिपक बोहोरा, पाँचथर
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेकोश हो ।
चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो ।
फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न पुग्यो । ४३ औं मिनेटमा आशिष चापगाईको क्रसमा दिनेश शेर्माले गोल गर्दै आयोजकलाई अग्रता दिलाए । तर फिदिमले अग्रता लामो समय टिकाउन सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइज खेलमा फर्कियो । समिर तामाङले गरेको सुन्दर भलि प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ६२ औं मिनेटमा कर्नरबाट आएको बलमा विदेशी खेलाडी अर्मान्डले गोल गर्दै गोल अन्तर बढाए ८४ औं मिनेटमा फिदिमले काउन्टर अट्याक्टमा गोल खाएको थियो । मध्यभागबाट सेर्गे डिकाले मिलाइदिएको पासमा अबयोमीले गोल गर्दै चर्च ब्वाइजलाई ३-१ को जित दिलाए ।
चर्च ब्वाइजका अबयोमी प्लेयर अफ दी म्याच भए र उनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताको दोस्रो सेमिफाइनल शनिवार न्यु रोड टिम (एनआरटी)र मच्छिन्द्र एफसीबीच हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]