12 months ago
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक एनआरटीसँग फाइनल खेल्नु नपर्ने भएको छ । फाल्गुनन्द गोल्डकपको फाइनलमा मच्छिन्द्रले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजसँग भेट पक्का गरेको छ ।
सेमिफाइनलमा मच्छिन्द्रका लागि खेलको १०औं मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक बनेको थियो । विजु भुजेलको फ्लिक हेडरमा आएको बललाई उनले गोलको दिशा दिएका थिए । दयानन्दको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने अवसर नै पाएनन् ।
केही अवसर सिर्जना गरे पनि एनआरटी स्कोर गर्न चुकेको थियो । एनआरटीका कप्तान अन्जन विष्टको केही राम्रा प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए । खेलको प्लेयर अफ दी म्याच मछिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।
यस गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ । फाइनल सोमबार हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]