12 months ago
December 29, 2024
दिपक बोहोरा, पाँचथर
फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ।
दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् ।
२०७९ सालमा भएको ए डिभिजन लिग विजेता चर्च ब्वाइजले सिजनको तस्रो फाइनल खेल्दैछ । मच्छिन्द्रले पहिलो फाइनल खेल्दैछ। फाइनल फिदिम माविको मैदानमा हुनेछ।
सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लबलाई र मच्छिन्द्रले अर्को ए डिभिजन टोली एनआरटीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थिए ।
पुस ८ गते एनआरटीलाई हराउँदै चर्च ब्वाइजले झापा कपले जितेको थियो । त्यसको अघिल्लो साता चर्च ब्वाइजलाई पराजित गर्दै एनआरटीले इलाम गोल्डकप जितेको थियो।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने विश्वास व्यक्त गरे।पाँचथर आएको बताए । ‘पाँचथरका दर्शक र खेलाडीको उच्च प्रर्दशनबाट हामी उपाधि जित्नेछौं, ’ श्रेष्ठ भने ।
मच्छिन्द्र प्रशिक्षक सन्तोष न्यौपानेले टोलीको तयारी राम्रो भएको र पाँचथको मैदानमा आफ्ना खेलाडीको अनुभव राम्रो भएकाले उपाधि जित्ने आशा गरेको बताए । ‘हाम्रो तयारी , टिमवर्क , टिम स्पिरिट राम्रो भएकाले उपाधि जत्नेछौं’ न्यौपाने भने ।
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पछिल्लो २ खेलमा टोलीको प्रर्दशन राम्रो गरेको र समर्थकको साथमा उपाधि जित्ने विश्वास व्यक्त गरे।
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले टोली लयमा रहेको र त्यसलाई जारी राख्दै उपाधि जित्ने विश्वास लिएको बताए।
फाल्गुनन्द गोल्डकपको विजेताले उपाधि १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]