12 months ago
December 29, 2024
हिमाल खरेल,बिर्तामोड
झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा आयोजक क्लबसँगै दार्जिलिङको मानेभञ्ज्याङ, सिलिगुढीको कञ्चनजंघा एफसी, इलाम, मोरङ, सुनसरीका एकएकवटा, झापा र काठमाडौँका सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले ७ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।
पत्रकार सम्मेलनमा विजेता तथा उपविजेताको ट्रफी समेत अनावरण गरिएको छ ।
सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतले शुभकामना व्यक्त गरे।
क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मलेनको सञ्चालन सचिव मुकेश भट्टराईले गरेका थिए ।
२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।
यसैबीच, अघिल्लो संस्करणबाट बचतमा रहेको २२ लाख रुपैयाँबाट क्लबको कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]