default_image

12 months ago

December 30, 2024

लिभरपुलको सानदार जित

404 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतवार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ ।

वर्षको अन्तिम खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र डिओगो जोटाले गोल गरे ।

डियाजले ३०औं मिनेटमा पहिलो गोल गरे । त्यसको १० मिनेटपछि गाक्पोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ४४औं मिनेटमा सलाह गोल गरेपछि पहिलो हाफमा लिभरपुल ३-० ले अगाडि रह्यो। आर्नोल्डले ५४औं र जोटाले ८४औं मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित निश्चित गरे ।

लिभरपुलको १८ खेलबाट ४५ अंक पुगेको छ । दोस्रो स्थानको नटिङ्घम फोरेस्टको ३७ अंक छ । वेस्ट ह्याम १९ खेलबाट २३ अंकका साथ १३औं स्थानमा छ ।

अर्को खेलमा साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले हराएको छ।
सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए ।

साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे । सबै खाले प्रतियोगितामा १४ खेलमा सिटीको यो दोस्रो जित हो।

लेस्टरले गोलको राम्रो मौका पाएर पनि गोल गर्न सकेन । जिमी भार्डी मौकाको उपयोग गर्न चुके।

रुड भान निस्टलरोयको टोली १८ औं स्थानमा छ। पाँचौं स्थानमा उक्लेको सिटी (३१ अंक) को चौथो स्थानको चेल्सीको भन्दा ४ अंक कम छ।

अन्य खेलमा नटिङघम फरेस्टले एभर्टनलाई २-० ले , क्रिस्टल प्यालेसले साउथह्यामटनलाई २-० ले हरायो। टोटेनहम र वल्भ्स तथा फुलहम र बोर्नमाउथले समान २-२ को बराबरी खेले।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.