default_image

12 months ago

December 30, 2024

अन्जना बनिन् ड्रिम अनको ब्रान्ड एम्बेसडर

576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् ।

सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

यो सम्झौतापछि अन्जनाले फुटबल करिअरमा सहयोग पुग्ने बताउँदै खुसी व्यक्त गरिन् । महिला खेलाडीहरूलाई यस किसिमको अवसर कम पाउने उनले जिकिर गरिन् । यो समझौताबाट प्राप्त रकमले फुटबल खेल्न आर्थिक रूपमा सहयोग पुग्ने उनको भनाई छ ।

राष्ट्रिय टिमकी सदस्य अञ्जनाले त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छिन् । उनलाई यसअघि एनआईसी एसिया बैंकले पनि एम्बेसडर घोषणा गरेको थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.