default_image

12 months ago

December 30, 2024

अन्जना बनिन् ड्रिम अनको ब्रान्ड एम्बेसडर

574 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् ।

सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

यो सम्झौतापछि अन्जनाले फुटबल करिअरमा सहयोग पुग्ने बताउँदै खुसी व्यक्त गरिन् । महिला खेलाडीहरूलाई यस किसिमको अवसर कम पाउने उनले जिकिर गरिन् । यो समझौताबाट प्राप्त रकमले फुटबल खेल्न आर्थिक रूपमा सहयोग पुग्ने उनको भनाई छ ।

राष्ट्रिय टिमकी सदस्य अञ्जनाले त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छिन् । उनलाई यसअघि एनआईसी एसिया बैंकले पनि एम्बेसडर घोषणा गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.